एमाले नेता भीम रावल र जसपा नेता एवं लेखक डम्बर खतिवडाबीच एमसीसीको विषयमा ट्विटरमा जुहारी चलेको छ ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले एमसीसीका सम्बन्धमा निर्णय लिँदाको मन्त्रिपरिषद् बैठकमा हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो भनेर खतिवडाले ट्विटरमार्फत प्रश्न गरेपछि जुहारी चलेको हो ।
खतिवडाको प्रश्नको जवाफमा रावलले लेखेका छन्–
डम्बरजी, तपाईंले भन्नुभएका मन्त्रिपरिषद्का बैठकमा मेरो उपस्थिति थिएँ कि थिएन, कम्प्याक्टबारे के कुरा वा निर्णय भएको थियो भनेर फोनमा सोध्नुभएको भए भनिहाल्थें। ट्वीटमा सोध्नु भ...