लामो समयदेखि जारी अमेरिकी सरकार शटडाउनका कारण उडान तालिकामा ठूलो अवरोध देखिएको छ। अमेरिकी सरकारको आदेशअनुसार व्यस्त विमानस्थलहरूमा उडान कटौती गर्ने निर्णय भएपछि एयरलाइन्सहरू तालिका पुनर्संयोजन र यात्रुहरूको प्रश्नहरुको बाढी सम्हाल्न व्यस्त भएका छन्। अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार एयर ट्राफिक कन्ट्रोलमा सुरक्षाको जोखिम बढ्दै गएपछि उडान कटौती गर्न बाध्य भएको बताएको थिए । […]
काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’ ल्याउने देखिएको छ । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा रिलिज हुँदैछ ।
अनलाइनखबरलाई स्वदेश र अन्तर्राष्ट्रिय बजारको रिलिज लोकेसन, शोज …
काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो। आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो। […]
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले सरकारले गठन गरेको जाँचबुझ आयोगसमक्ष स्पष्टीकरणपत्र बुझाएका छन्। २३ र २४ भदौको जेनजी आन्दोलनमा खटिएका प्रहरी अधिकारीको विवरण मागेको आयोगलाई आईजीपीले जवानदेखि आईजीपीसम्म सबै फिल्डमा खटिएको जवाफ दिएका थिए। खापुङले आयोगसमक्ष शुक्रबार स्पष्टीकरण बुझाएका हुन्। साथै आयोगले मागेअनुसारको विवरण पनि प्रहरीले पठाएको छ। त्यसअघि आयोगले सहयोग नगरको भन्दै बिहीबार […]