स्थानीय तह निर्वाचन : भक्तपुरमा कुन दलको अवस्था कस्तो ?

भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्