बंगलादेशमा पेट्रोलियम पदार्थको मूल्य एकै पटक ५१ प्रतिशत भन्दा धेरै बढेको छ । बंगलादेश सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य ५१ दशमलव ७ प्रतिशतले बढाएको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।यो वृद्धि सन् १९७१ मा देश स्वतन्त्र भएपछिको सबैभन्दा धेरै हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार एक लिटर पेट्रोलमा ४४ टाकाले बढेर एक सय ३० टाका पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय १४ टाका कायम भएको छ । सरकारले अहिले पेट्रोलियम पदार्थमा दिइ...