काठमाडौं : कास्की जिल्लाको परम्परागत गुरुङ वस्ती घान्द्रुकमा कोरोनापछि आन्तरिक पर्यटकको घुइँचो लागे पनि विदेशी पर्यटक भने प्राय शून्य छ। ढुङ्गाले छाएका चिटिक्क परेका बस्ती र वातावरणीय सचेतता आदिले पर्या पर्यटनका लागि घान्द्रुक निकै चर्चामा छ। कोभिड–१९ को महामारीपछि हाल यो बस्तीमा आन्तरिक पर्यटकमात्र आउने गरेको स्थानीय बताउँछन्। फोटो : गोरखापत्र