महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग मंगलबारसम्म चौथो पटक बयान लिएको छ । यसअघि तीन दिनमा सोधिएका ३५ वटा प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र वकिलहरुमाथि उनले विभिन्न लाञ्छना लगाएका छन् । जबराले महाभियोग सिफारिस समितिलाई जवाफ दिने क्रममा प्रश्नको जवाफमात्रै दिएका छैनन्, आफूलाई निलम्बनमा पार्न ‘बाध्य गराउनेहरु’प्रति रोष प्रकट गर्दै कुण्ठासमेत पोखेका छन् ।समितिल