सिद्धबाबा सुरुङ निर्माण २ वर्षमा १२ प्रतिशत मात्रै

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गको ठेक्का सम्झौता भएको दुई वर्ष बित्न लाग्दा पनि निर्माणको कामले गति लिन सकेको छैन । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा ठेक्का सम्झौता भएकोमा अहिलेसम्म भौतिक प्रगति १२ प्रतिशत मात्र छ । बल्ल उत्तर र दक्षिणतर्फ सुरुङको पोर्टल (मुख) बनाउन थालिए पनि सुरुङ खन्ने काम भने सुरु नै हुन सकेको छैन ।