सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी छानिएको छ । बुटवल–नारायणगढ सडक विस्तारको काम गरिरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो । ठेक्का सम्झौता हुन भने बाँकी छ । फागुनभित्रै सम्झौता गर्ने सरकारको तयारी छ । बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ गरिरहेको कम्पनीले नै सुरुङ निर्माणको जिम्मा पाएपछि समयमै निर्माण हुनेमा शंका उत्पन्न भएको छ ।