दोहा । कतार एयरवेजको तीन वटा कार्गो विमान भारतका लागि स्वास्थ्य सामग्री लिएर उडेको छ ।कतार एयरवेज कार्गो बोइङ ७७७ मालवाहक विमान कोभिड–१९ राहत उद्देश्यले विश्व भरिका विभिन्न देशहरूबाट करिब ३०० टन स्वास्थ्य सामग्री बोकी भारतको लागि प्रस्थान गरेका हुन् । ती तीन वटा उडानहरू बेङ्गलोर, मुम्बई र नयाँ दिल्लीको लागि प्रस्थान गरेका हुन् यसै सन्दर्भमा कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बेकरले कोभिड–१९ संक्रमणको यो दोश्रो लहरले भारतका व्यक्तिहरूमा परेको प्रभावले सबैलाई स्तब्