राष्ट्रिय सूचना आयोग स्थापना दिवस : अफवाह रोक्न र सही सूचना प्रवाह गर्न प्रधानमन्त्रीको जोड

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले गलत सूचना तथा अफवाहले समाजमा पार्ने असहज वातावरण रोक्न सही सूचना प्रवाह हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय सूचना आयोगको १४ औं स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै उहाँले उज्यालो र अँध्यारोबीचको भिन्नताले वातावरणमा ल्याउने प्रभाव जस्तै सही सूचना प्रवाह हुँदा र नहुँदा सामाजिक जीवनमा पार्ने प्रभाव त्यस्तै रहने बताउनुभयो । प्रधानमन्त्री ओलीले संवैधानिक तथा कानूनी व्यवस्था अनुसार कार्यान्वयनमा आएको सूचनाको हकको सफल कार्यान्वयनबाट लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशास...