काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई ५६ रनले हराएको छ ।
अहमदाबादमा गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनायो । लखनउका लागि क्वीनटन डि ककले सर्वाधिक ७० र केल मेयर्सले ४८ रन बनाए ।
बलिङतर्फ गुजरातका मोहित शर्माले ४ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले नटआउट ९४ रन बनाए भने ऋद्धिमान साहले ८१ रन बनाए ।
पोहोर र अहिलेका चारवटै खेलमा गुजरातले लखनउलाई हराउन सफल भएको छ । गुजरात ११ खेलमा १...