प्रतिनिधिसभा अन्तर्गत रोल्पाबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन २५ हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुन ४१ हजार ७१४ मतसहित निर्वाचित भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरे । राप्रपाकी लीला रावल २ हनार ५५६ मतसहित तेस्रो स्थानमा रहिन् ।