प्रचण्डलाई ओलीको जवाफः एमसीसी पास गर्ने प्रतिबद्धता पूरा गर्नुस्

२८ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिएका छन् । सत्ताधारी दलहरुले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि एमसीसीबारे पास गर्छौं भनेर अमेरिकासँग भनेको भन्दै ओलीले अब त्यो प्रतिबद्धता पूरा गर्न चूनौती दिएका हुन् । एमसीसी पास गर्ने […]

सम्बन्धित सामग्री

एमसीसीबाट सबैभन्दा फाइदा बुटवल क्षेत्रका जनतालाई : प्रधानमन्त्री देउवा

वैशाख २४, बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले सबैभन्दा फाइदा बुटवल क्षेत्रका जनतालाई हुने बताउनुभएको छ । उहाँले यो परियोजनाले बुटवलदेखि भालुवाङ हुँदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुने पनि बताउनुभएको छ । नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  हालै संसद्बाट पारित भएको एमसीसी विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै संसदबाट एमसीसी पास भएपछि नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताउनुभयो । यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढङ्गले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उहाँको भनाइ थियो ।    उहाँले गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको पनि स्पष्ट गर्नुुभयो ।      उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको पनि बताउनुभयो ।    प्रधानमन्त्री देउवाले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

एमसीसीलाई युक्रेन युद्धसँग जोडेर पनि भ्रम फैलाइयो

संसद्बाट एमसीसी पास भएर एउटा नौलौ प्रयोग भएको छ । यसको मजबुत पक्ष के रह्यो  भने नेपाली कांग्रेसले सुरुवातदेखि अन्तिमसम्म जुन नेतृत्व र प्रतिबद्धता जनाएको छ । एकदम प्रशंसा योग्य छ । नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय प्रतिबद्धता चाहिन्छ । सरकारले अन्तर्राष्ट्रिय समुदायमा विश्वासनीयता देखाउनु महत्वपूर्ण कुरा हो भन्ने कुरा नेपाली कांग्रेसले ख्याल गरेको छ । यस […]

एमसीसी पास भएपछि अमेरिकाले भन्यो, नेपाललाई निरन्तर सहयोग गर्छौँ

काठमाडौं : संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो। उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको

चार घण्टा लामो सर्वदलीय बैठकमा एमसीसीबारे कसले के भने ?

सभामुख अग्नि सापकोटाले सोमवार बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष टुङ्गिएको सहभागी नेताहरूले बताएका छन्। बैठकमा विवादित बनेको अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसीसम्बन्धी विषयले प्राथमिकता पाएको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बताए।'प्रधानमन्त्रीज्यूले एमसीसीलाई अगाडि बढाउनुपर्ने कुरा गर्नुभयो। तर अधिकांश नेताहरूको त्यसमा सहमति देखिएन,' बीबीसी न्यूज नेपालीसँग उनले भने।'माओवादी अध्यक्ष प्रचण्डले त म एमाले अध्यक्ष हुँदा मेरै अध्यक्षतामा बसेको बैठकले यथास्थितिमा बढाउनु हुँदैन भन्ने निर्णय गरेको हो। त्यसकारण मलाई पनि नैतिक बन्धन छ भन्नुभयो,' सुवालले भने।घनीभूत छलफलसम्झौतामा हस्ताक्षर भएको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसीसीलाई अगाडि बढाउने प्रतिबद्धता नेपालले बारम्बार दोहोर्‍याउँदै आएको छ। बैठकपछि सभामुख सापकोटाले एमसीसीबारे सबैले आआफ्नो धारणा राखेको बताए।सञ्चारकर्मीसँग उनले भनेः 'मैले सबैका धारणालाई तटस्थ, निष्पक्ष र स्वतन्त्रतापूर्वक सोचेँ। मैले सबैका कुरालाई गम्भीरतापूर्वक सुनेको छु।' आफूले विशेष रूपमा संसद्‌ बैठक चल्नुपर्नेमा जोड दिएको र त्यसपछि निर्णायक भूमिका दलहरूकै हुनेमा जोड दिएको सभामुख सापकोटाले बताए।संसद् अवरोध हटाउन जोडबैठकमा सहभागी अर्का नेताका अनुसार एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसद्‌मा जारी अवरोध अन्त्य हुनुपर्नेमा जोड दिएका थिए।नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले अवरुद्ध हुँदै आएका संसद्‌का बैठकलाई निर्बाध रूपमा अगाडि बढाउनका लागि प्रमुख प्रतिपक्षी दलसँग घनीभूत छलफल अगाडि बढाउने विषयमा कुराकानी भएको बताइन्।'प्रमुख प्रतिपक्षी दलले सदन खुल्न नदिएमा नागरिकतालगायत विभिन्न महत्त्वपूर्ण विधेयकलाई प्रस्तुत गर्न तयारी गर्ने विषयमा छलफल भयो,' उनले भनिन्।एमसीसीको विषयलाई छिटोभन्दा छिटो सदनमा प्रवेश गराउने कुरा भएको भुषालले उल्लेख गरिन्।'राजनीतिक दलका नेतृत्व तथा माननीय सांसदहरूले आफ्ना विचार र दृष्टिकोणलाई सदनभित्रै बहसको विषय बनाउने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने भन्ने सन्दर्भमा व्यापक छलफल भयो,' नेत्री भुषालले थपिन्।लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य अकबाल अहमद शाहका अनुसार कैयौँ महत्त्वपूर्ण विधेयक रोकिएको भन्दै संसद्‌मा जारी अवरोध खुलाउनुपर्ने आवश्यकता नेताहरूले औँल्याएका थिए।एमाले सहभागी भएनसत्तारूढ गठबन्धनका सांसदहरूले प्रधानन्यायाधीश जबराविरुद्ध पद अनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएको भोलिपल्ट सभामुखले सर्वदलीय बैठक डाकेका थिए।प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिष्कार गर्‍यो। यसअघि पनि सभामुख सापकोटाले बोलाएको बैठक उसले बहिष्कार गरेको थियो। आफ्नो दल विभाजित हुनुमा सभामुखको पनि भूमिका रहेको एमालेका नेताहरूले आरोप लगाउँदै आएका छन्।यसअघि सोमवार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्ने सत्ता साझेदार दलहरूको निर्णय गलत स्वार्थले आएको भन्दै आवश्यक परे सडक, संसद् र न्यायालयबाट सङ्घर्ष गर्ने निर्णय गरेको थियो।एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत नियत राखेर महाभियोग ल्याइएको बताएका थिए।'यो जुन अवस्थामा आयो यसको तीन वटा उद्देश्य थियो। एउटा अदालतलाई निरन्तर गिजोलिरहने र अदालतलाई अस्थिर बनाउने, दोस्रो निर्वाचन सार्ने र तेस्रो एमसीसी पास गर्ने। यो गलत उद्देश्यले आएको छ त्यसकारण यसको प्रतिवाद गर्नुपर्छ।' -बिबिसी नेपालीबाट

एमसीसी अनुमोदन नभए नेपाल संकटमा पर्न सक्ने संकेत

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालबाट अनुमोदन नभए झनै संकटको सामना बेहोर्नुपर्ने भएको छ । एमसीसीको विषयमा माओवादी केन्द्रले दुई थरी कुरा राख्दा जटिल मोडमा पुगेको हो । अमेरिकालाई आउँदो फागुन १६ भित्र एमसीसी पास गर्ने प्रतिबद्धता पत्र पठाएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर संशोधन नभई पास हुँदैन भन्ने तर्क राख्दा […] The post एमसीसी अनुमोदन नभए नेपाल संकटमा पर्न सक्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी पास हुनेमा अमेरिका सकारात्मक, सर्वदलीय बैठकको तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिङटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारका लागि प्रतिबद्धता जनाइएको आर्थिक सहायताबारे समीक्षा गरिएको उल्लेख छ ।बोर्ड बैठकमा नेपाल कम्प्याक