साेमवार रातिदेखि बाँके जिल्लाभर लकडाउन

बाँके – साेमवार (भोलि) देखि बाँके जिल्लाभर लकडाउन हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख नाै गतेदेखि लकडाउन लागू भएकोमा साेमवारदेखि जिल्लाभर लकडाउन गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार राति १२ बजेदेखि  आउँदाे २० गतेसम्म लकडाउन गर्न लागिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको निर्णय पालना गर्न आग्रह गर्नुभएकाे छ ।

सम्बन्धित सामग्री

१५ जिल्लामा लकडाउन, के खुल्ने के नखुल्ने

काठमाडौं, १६ वैशाख । आजबाट देशका १५ जिल्लामा लकडाउन शुरु भएको छ । काठमाडौं उपत्यकासहित पर्सा, कैलाली, कञ्चनपुर, बाँके, कास्की, सुर्खेत, पाल्पा, रुपन्देही, दाङलगायतका जिल्लामा लकडाउन गरिएको हो । कोरोना भाइरसको दोस्रो लहर भयावह रुपमा फैलिएपछि सरकारले निषेधाज्ञा जारी गरेको हो । १५ जिल्लामा निषेधाज्ञा लागू भइसकेको छ भने केही जिल्लामा यसको तयारी भइरहेको छ । […]

कोरोना कहर : ८ जिल्लामा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएसँगै विभिन्न ८ जिल्लामा लकडाउन र निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यका अनुसार बाँके र सुर्खेतमा जिल्लाभरी लागू हुने गरी र बाग्लुङ, कालिकोट र बर्दियामा आंशिकरुपमा निषेधाज्ञा लागू भएको छ । यस्तै काठमाडौं, ललितपुर र भक्तपुरमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । मन्त्रिपरिषद् बैठकले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्नेगरी निर्णय गरेको छ।  हाल ९ बढी जिल्लामा ५०० ब...

अवस्था झन् जटिल, अब जिल्लाभरि नै लकडाउन

कुमार श्रेष्ठ, बाँके । बाँके जिल्लाको अवस्था झन् जटिल बन्दै गएको छ । संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । आइतबार साँझसम्ममा ७ जनाको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले वैशाख महिनामा मात्रै कोरोनाबाट ३४ जनाको मृत्यु भएको बताउनुभयो । पछिल्ला दिनमा मृतकको संख्या बढ्दो रहेको छ । वलीले […]

कोरोना कहर : बाँके जिल्लामा एक साताका लागि लकडाउन घोषणा

कोरोना कहरले अति प्रभावित लुम्बिनी प्रदेशको बाँकेमा सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभरी एक साताका लागि ‘लकडाउन’ हुने भएको छ ।यस अगाडि नेपालगञ्ज उपमहानगरपालिका गएको बुधबार (८ गते) देखि) एक साताको लागि लकडाउन गरिएको थियो । संक्रमणले विकराल रुप लिन थाले स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढ...

आजदेखि कोहलपुरमा एक हप्ता ‘लकडाउन’

बाँके, बैशाख १२ । कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन जारी छ । कोहलपुर नगरपालिका स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको शनिबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । निर्णयपछि कोहललपुर नगरपालिकामा आइतबार […]

एकहप्ते लकडाउन शुरू भएपछि नाकामा भीड

बाँके, बैशाख १० । नेपालगन्जमा एकहप्ते लकडाउन शुरू भएको छ । कोरोना संक्रमण दर ह्वात्तै बढेपछि त्यसको चेन ब्रेक गर्न लकडाउन गरिएको हो । लकडाउनको पहिलो दिन बिहीबार भेरी अस्पतालमा मात्रै २ सय ४ जना संक्रमित थपिए । भारतबाट आएका आठ जनामा कोरोना पुष्टि भयो । नेपालगन्जमा कोरोना संक्रमण बढ्दो अबस्थामा रहेको छ । यो […]

बिहीबारबाट लागु हुनेगरी नेपालगन्जमा एकसाता लकडाउन

कोरोना संक्रमण जनस्तरसम्म फैलिएपछि बिहीबारदेखि लागु हुने गरि बाँकेको सदरमुकाम नेपालगन्जलाई एक साताका लागि लकडाउन गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बाँकेको सिफारिसमा बाँके प्रशासनले ९ बैशाख...

एक हप्ता लकडाउन गर्न सिफारिश

बाँके, ८ बैशाख । कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले बिहीबारदेखि सात दिन लकडाउन गर्न सिफारिश गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मङ्गलबार बसेको बैठकले वैशाख ९ गतेदेखि एक साताका लागि लकडाउन गर्नुपर्ने सुझाव दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार बाँकेको कोरोना […]

बाँकेमा एक हप्ता लकडाउन गर्न सिफारिस

बाँके – बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार (आज) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो । बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुग...

बाँकेमा आजदेखि पुनः लकडाउन

बाँके : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेमा पुनः लकडाउन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार मध्य रातिदेखि लागू हुने गरी तीन दिनका लागि लकडाउन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि शनिवार राति १२ बजे...