नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई आग्रह, बुझाइयो ज्ञापनपत्र

नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र बुझाइएको जानकारी दिइएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले नागरिकता विधेयकलाई चरम राष्ट्रघाती विधेयकको संज्ञा दिए । यो विधेयकले देशको अस्तित्व नै खतरामा जाने उनको भनाइ थियो । देशभक्त न

सम्बन्धित सामग्री

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति देश र जनताको माया गर्ने राष्ट्रकी छोरी !

साउन ३१, काठमाण्डौ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै भट्टराईले राष्ट्रपतिले संविधानअनुसार विधेयक फिर्ता गर्नु समान्य भएको बताए । तर कतिपयले अनावश्यक टिका टिप्पणी र आलोचना गरेकोमा उनले असन्तुष्टी जनाए । विधेयक फिर्ता गर्ने विषयमा […]

नागरिकता विधेयक फिर्ता भएपछि भैरहवामा विरोध प्रदर्शन

राष्ट्रपति  विद्यादेवी भण्डारीले नागरिकता  विधेयक फिर्ता  गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।  भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थि

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता दुर्भाग्यपूर्ण : कांग्रेस

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकता विधेयक फिर्ता भएपछि पक्षविपक्षमा विचारहरू आइरहेका छन् । प्रमुख सत्तारुढ दल कांग्रेसले प्रारम्भिक प्रतिक्रिया दिँदै विधेयक फिर्तालाई दुर्भाग्यपूर्ण भनेको छ । कांग्रेस प्रमुख सचेतक चित्रलेखा यादवले नयाँ...

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनु असंवैधानिक : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनु गलत भएको प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले सोही विधेयक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले  अध्यादेशको रुपमा...

नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको निर्णय एमालेद्वारा स्वागत

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीको कदमलाई स्वागत गरेको छ। आइतबार भण्डारीले प्रमाणिकरणका लागि पेश भएको विधेयक पुनः विचार गर्न भन्दै प्रतिनिसभामा फिर्ता गरेकी छिन्। भण्डारीले राष्ट्रहित विपरीत रहेको विधेयक फिर्ता गरेको ठीक गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। उनले देश सञ्चारसँग भने, ‘नेपालको सार्वसत्तालाई नै दख्खल […]

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउनुभएको हो । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा […]

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् ।  आइतबार साँझ उनले उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  ‘राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन […]

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेका विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाएकी जनाइएको छ ।

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  कार्यालयले भर्खरै प्रेस विज्ञप्ति जारी गरी...

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्न सक्छिन् ?

नागरिकता विधेयकबारे राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही बोलेको छैन । तर, पछिल्लो समय नागरिकता विधेयक फिर्ता गर्नुपर्छ भनेर ध्यानाकर्षण गराएको र यो विषय राष्ट्रपतिको जानकारीमा रहेको त्यहाँका एक अधिकारीले बताए ।