नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई लडिरहेको बताएका छन् । उनले यो लडाई देशभक्ति र मूल्य मान्यताको लडाई भएको समेत बताए । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए ।उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको