गठबन्धनको तयारी कात्तिकमै चुनाव, निर्वाचन आयोग भन्छ– प्रस्ताव आएकै छैन

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी कात्तिक अन्तिम साता निर्वाचन गर्नेगरी छलफल थालेको छ ।  सोमबार सत्ता गठबन्धन र मंगलबार भएको सत्ता गठबन्धन संयन्त्रको बैठकमा कात्तिक अन्तिममा संघीय र प्रादेशिक चुनाव एकसाथ गर्ने कि प्रदेशको मात्र गर्ने भन्ने विषयमा छलफल भए पनि ठोस सहमति जुटिसकेको छैन ।  सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा गठबन्धन दलका शीर्ष...

सम्बन्धित सामग्री

माओवादी निर्वाचन आयोग प्रमुखमा कुवेर ओली

नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको प्रमुखमा कुबेरबहादुर ओलीलाई बनाएको छ । पार्टी केन्द्रीय समिति बैठकमा प्रचण्डले निर्वाचन आयोग प्रमुखमा ओलीको नाम प्रस्ताव गरेका हुन् । पहिलो संविधानसभा सांसद ओलीलाई निर्वाचन आयोग प्रमुख बनाएको हो । उनी दाङ जिल्लाका पुराना कम्युनिस्ट नेतामा पर्छन् ।यसअघि निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए । उनी चीनको राजदूत भएपछि ओलीलाई बनाउने निर्णय भएको हो। निर्वाचन आयोगको प्रमुखमा विष्णुपुकार श्रेष्ठ थिए ।

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

कानुन संशोधन आवश्यक छैन: निर्वाचन आयोग

काठमाडौं, माघ १९। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्न सकिने भन्दै ४ जेठको मिति प्रस्ताव गरेको हो । […]

निर्वाचन आयोग र सरकारबीच द्वन्द्व

स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ । सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ ।निर्वाचन आयोगले राजनीतिक दलहरूसँगको छलफलकै आधारमा स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । तर सरकारले आयोगको प्रस्तावलाई रद्दीको ट

सर्वदलीय बैठकमा आयोगले राख्यो ७ बुँदे प्रस्ताव

निर्वाचन आयोगले  स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा ७ बुँदे प्रस्ताव राखेको छ । शुक्रबार बसेको निर्वाचन आयोग र राजनैतिक दलहरु बीचको परामर्श बैठकमा आयोगले ७ बुँदे प्रस्ताव राखेको हो । बैठकमा आयोगले स्थानीय तहको निर्वाचनका लागि समय कम हुँदै गएको जनाउँदै त्यसका लागि सरकारको निर्णयमा भरपर्ने धारणा राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा निर्वाचन २०७८ माघ १२ गते सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत भई सञ्चालनमा रहेको जानकारी दिँदै त्यसका ल

निर्वाचन आयोग जुट्यो तीन तहकै निर्वाचनको तयारीमा

निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग मिति प्रस्ताव गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी ५ जेठमा समाप्त हुँदै छ । यसअघि भने आयोगले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेको भन्दै निर्वाचन गर्न २० चैतको मिति प्रस्ताव गरेको थियो ।यसैगरी, ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र १ स

सुब्बाको संयोजकत्वमा एमालेको १५ सदस्यीय निर्वाचन आयोग गठन

नेकपा एमालेले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गरेका थिए ।ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्सान लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेको पढेर सुनाएका थिए । त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा, र हिमकला गैरे रहेका छन् । हलले ओलीले प्रस्ता

माधव नेपालको चुनाव चिन्ह स्वागत नेपालको पार्टीसँग मिलेपछि…

दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका माधव कुमार नेपालले प्रस्ताव गरेको चुनाव चिन्ह यसअघि नै दर्ता भएको पार्टीको रहेको पाइएको छ।  नेकपा एमाले (समाजवादी)  पार्टी दर्ता...

मतदाता सूची प्रकाशित गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि भइरहेका तयारी र कार्यक्रमबारे दलहरूलाई जानकारी दिँदै माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ । सरकारले वैशाख १७ र २७ गते २ चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेकाले आयोगले त्यसबारे भइरहेको आन्तरिक तयारीबारे आइतवार दलहरूलाई जानकारी गराएको हो । यद्यपि प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । आयोगले ११ दलका नेताहरूसँगको छलफलमा माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिन...