वित्तीय सल्लाहकारका रूपमा सरकारको आर्थिक नीति कार्यान्वयनमा सघाउ पु¥याउन केन्द्रीय बैैङ्कको नाताले नेपाल राष्ट्र बैङ्कबाट मौद्रिक नीति नयाँ आर्थिक वर्षको सुरुमै सार्वजनिक भइसकेको छ । देश कोरानाको कहरबाट थिलथिलो भएको चुनौतस्पूर्ण अवस्थामा आलोचना खेपेको बजेटको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीति अग्रगामी भएकाले अर्थतन्त्रमा सरोकार राख्ने सबै क्षेत्रबाट राम्रै प्रशंसा बटुल्न सफल छ । कोरोनाले थलिएको अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्ने सन्दर्भमा मौद्रिक नीतिलाई कतिपयले क्रान्तिकारी भनेको पनि पाइयो ।