कर्णालीका ४७ वटा पालिकामा कृषि सेवा केन्द्र स्थापना गरिँदै

कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम विस्तार गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णालीमा पनि कार्यक्रम विस्तार गरेको हो । अहिले कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा वडा तथा बस्ती स्तरसम्म सहभागितामूलक एवं बहुपक्षीय कृषि प्रसार सेवाको विकास गरी दिगो कृषि सेवा विस्तार गर्ने आधार तय गर्न आवश्यक रहेको भन्दै यो कार्यक्रमले कृषकका हकहि