हेटौंडा : स्थानीय तह निर्वाचनको प्रतिस्पर्धा चलिरहँदा हेटौंडाको राजनीति यतिवेला रोचक र अनपेक्षित मोडमा चलिरहेको छ।३ दशकदेखि हेटौंडामा आफ्नो बलियो गढ बनाउँदै आएको एमाले यो निर्वाचनमा प्रतिस्पर्धामा नै उत्रिन नसक्दा राजनीति नै नयाँ मोडमा चलेको हो। शनिबार शुरु भएको हेटौंडाको हालसम्मको मतगणना हेर्दा एमालेले दोस्रो स्थानमा पनि आउन सकेको छैन। २०७४ को निर्वाचनमा पनि हेटौँडाको मेयर, उपमेयरसहित १९ वडामध्ये १२ वटा वडा जितेको एमालेले यो निर्वाचनमा पनि सहजै जित हात पार्ने दाबी गरेको थियो