सरकारले बेमौसमी वर्षाबाट देशका विभिन्न जिल्लाका धानबालीमा पुर्याएको क्षति अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलका सदस्यहरूमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सा