कोरोना भाइरसको असरबारे अध्ययनका लागि नेपाल चेम्बर अफ कमर्शले निजी क्षेत्रको सहभागितामा अध्ययन कार्यदल गठन गर्नुपर्ने सुझाव दिएको छ । चेम्बर अफ कमर्शले मंगलबार नेपाल राष्ट्र बैंकलाई सुझाव लेख्दै वित्तीय क्षेत्रमार्फत नभइ समग्र आर्थिक क्षेत्र समेट्ने गरी १७ बुँदै सझुाव पेश गरेको हो ।
चेम्बरले अर्थतन्त्रमा भएको क्षति आकलनपछि यसलाई पुरानै लयमा फर्काउन अधिकार सम्पन्न संयन्त्र निर्माण गरिनुपर्ने सुझाव पेश गरेको छ ।