बनियानी : झापामा शुक्रवार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। गौरादह-८ का ६३ वर्षीय पुरुषको नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको छ भने गौरादह-७ कै ७५ वर्षीया महिलाको नोबेलमै मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका कोभिड-१९ ‘पर्सन’ जीवन चम्लागाईंले जानकारी दिए।
योसँगै झापामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको