एफए कपको फाइनलमा चेल्सीलाई हराउँदै लिभरपुलले यो सिजन चारवटा उपाधि जित्ने सम्भावनालाई कायम राखेको छ । कोन्सटान्टिनोस सिमिकासले सडेन डेथ पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ६–५ को जीत दिलाएका हुन् ।यसअघि १२० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । दुवै टोलीले गोलका लागि प्रयास नगरेका भने होइनन् । लिभरपुलले १७ तथा चेल्सीले १० पटक गोलको प्रयास गर्दा पनि सफल हुन सकेनन् ।नियमित पेनाल्टीमा पनि दुवै टोलीलाई छुट्याउन नसकेपछि लिभरपुलका गोलकिपरले सडन डेथमा मेसन माउन्टको प्