प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले दुई केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ । नेपाली कांग्रेस काभ्रेको शनिबार बसेको बैठकले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्बर- २ का सभापति महेश खरेललाई कारबाही गर्ने निर्णय गरी सिफारिस गरेको हो । निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधि सभा