काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमालेका पूर्वउपाध्यक्ष तथा कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतमलाई यथाशीघ्र पार्टीमा एकताबद्ध हुन आग्रह गरेका छन् । मंगलबार नेकपा एसको कार्यालयमा भएको भेटवार्तामा गौतमलाई पार्टीमा एकताबद्ध हुन नेपालले आग्रह गरेको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले बताए । गौतमले छिट्टै यसबारे निर्णय गर्ने बताएका छन् । सो अवसरमा दुवै […]