पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिर्वतनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताएका छन् । संघीय संसद भवनमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले प्रधानमन्त्रीको पदका लागि नभई प्रधानमन्त्री केपी ओली प्रवृत्ति विरुद्ध विपक्षी मोर्चामा एकताबद्ध भएको बताएका हुन् । एमाले नै भएर एमालेकै सरकार विरुद्ध लाग्नुलाई उनले पार्टी भित्रको विद्रोही आवाज र क्रान्तिकारी