चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँको केरा नेपाल भित्रिएको छ । सोही समयमा १२ करोड ४ लाख ६२ हजार रुपैयाँको भुइँकटहर नेपालले आयात गरेको छ । पछिल्लो एघार महिनामा नेपालले ६ करोड ९१ लाख रुपैयाँको एभोकार्डो, ७१ करोड ७५ लाख ९४ हजार रुपैय