रुपन्देही । लुम्बिनी प्रदेशका सबै जिल्लामा नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको चुनावी कार्यक्रम शुरु भएपनि बाँकेमा रोकिएको छ । महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन । बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन् । जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ । […]