मिडियासँगै मासु व्यवसायबाट मनग्यै आम्दानी

‘मिडियाबाट पहिचान पाए सोचेजति दाम कमाउन सकिनँ,’ उनले भने, ‘धेरै विकल्पको खोजी गरे, छोटो समय र कम लगानीमा मनग्यै आम्दानी हुने मासु व्यवसाय नै रोजें ।’ कैलालीको धनगढीका दीपेन्द्र ओली अहिले मिडियासँगै मासु व्यवसाय सञ्चालन गरिरहेका छन् । उनले धनगढीको भन्सार रोड छेउमा रहेको एक कोठे सटर भाडामा लिएर ग्राहकको मन लोभ्याइरहेका छन् । मिडियाबाट मासिक रूपमा पाउने तलब पनि कोरोना भाइरसको महामारीसँगै जारी लकडाउनका कारण रोकिएपछि दीपेन्द्रले विकल्प खोज्न थाले । उनले साथीभाइ, घरपरिवार, आफन्त सबैलाई ...

सम्बन्धित सामग्री

मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उनका अनुसार अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।  दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।  जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।  “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

२० वटा बाख्राबाटै गर्न सकिन्छ लाखौँ आम्दानी

काठमाडौं।नेपालको सबै ठाउँहरुमा गर्न सकिने व्यवसाय हो बाख्रापालन।कम लगानीका नै गर्न सकिने यो व्यवसाय यतिबेला सबैको आर्कषणको केन्द बनेको छ।यो व्यवसायलाई बजारको कुनै किसिमको चिन्ता हुँदैन।पछिल्लो समय खसीको मासुको माग पनि निकै नै बढेको पाइन्छ।पहिले पहिले त खसीको मासु खान चाडपर्व नै आउनुपर्दथ्यो।तथ्याङ्क हेर्दा नै यो भिन्नता हामीले देख्न सक्छौं ।

कमरेडलाई छाेरीकाे प्रश्न, 'बाबा, देश भनेको के हो?'

काठमाडाैं : मासु पसलबाट राम्रो आम्दानी नभएपछि मासु पसल बेचेर ट्याक्सी निकाल्ने सोच बनाएका कमरेड वायु आफ्नी पत्नी (कमरेड ऊर्जा) लाई सुनाउँछन्। पतिको कुरा मन नपरेपछि पत्नी भन्छिन्, 'सात वर्षमा सातथरी सोच आइसक्यो उँभो लाग्ने केही गरी होइन। अब टेउसी किनेर शहरका सेउसी बोकेर उँभो लागिएला! खुरुक्क विदेश जान छोडेर..''मैले कति पटक भनिसकेँ म विदेश जान्न भनेर? भोकै मर्न परे पनि यही देशमा मर्छु,' पतिलाई विदेश जाने कुरा चित्त बुझ्दैन। 'अनि छोरीलाई पनि भोकै मार्छौ?'

मासु पसलबाट मासिक दुई लाख बढी रुपियाँ आम्दानी

दुर्गम क्षेत्रमा सञ्चालन गरिएको मासु पसलबाट मासिक दुई लाख कमाई हुने गरेको पाइएको छ । वेरोजगार बस्नुभन्दा सानै लगानीबाट सुरु गरिएको सो व्यवसायबाट राम्रो कमाई भएको पसल सञ्चालकको भनाई छ ।

व्यवसायिक टर्कीपालनबाट मासिक डेढ लाख आम्दानी गर्दै पालुङटारका एक कृषक

कात्तिक १४, गोरखा  । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमणि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रू. तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय शुरु गरेका हुन् । ‘मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरे’, उनले भने । सुरुआती चरणमा रू. ७० लाख लगानी गरेर टर्कीपालन शुरु गरेका लुइँटेलले अहिले मासिक रू. एक लाख ५० हजार आम्दानी गर्दै आएका छन् । उनले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् । केही समय पहिले ९०० टर्कीपालन गरेका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् ।  लुइँटेलले पालन गर्नुभएको टर्की विक्रीका लागि मुख्य बजार भने काठमाडौं हो । यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ । ‘हप्तामा ५० किलो काठमाडौं, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की विक्री हुँदै आएको छ’, उनले भने ।   डेढ वर्षदेखि टर्कीपालन गर्दै आएका उनले एउटा टर्की १५ किलोसम्म बनाएका छन् । उनले टर्कीको मासु एक किलोको रू. एक हजारमा विक्री वितरण गर्दै आएको बताए । टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गरेका छन् । टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो । श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवमनिले हाल आफँै गाडी किनेर टर्कीको मासु काठमाडौं, पोखरा, नारायणगढसम्म पुर्‍याउँदै आएका छन् । ‘परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकोमा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ’, उनले भने । टर्कीपालनबाटै उनले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराएका छन् । आगामी दिनमा उनले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने जानकारी दिए । रासस

दाङको पोल्ट्री व्यवसायमा ३ अर्ब लगानी

दाङमा पोल्ट्री व्यवसायमा ३ अर्ब बढी लगानी भएको छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखराका लागि दानासँगै पछिल्लो समय चल्ला उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । पछिल्लो समय दाङमा पोल्ट्रीको क्षेत्रमा लगानी बढ्दै गएको छ । यस क्षेत्रमा लगानी बढेसँगै पोल्ट्रीको हब बन्दै गएको छ ।पोल्ट्रीका लागि […]

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताए । उनले भन...

दाङ : पाेल्ट्री व्यवसायमा आकर्षण बढ्दै, ३ अर्ब बढीकाे लगानी

दाङ – पछिल्लाे समय दाङमा पाेल्ट्री व्यवसायतर्फकाे आकर्षण बढ्दाे छ । पोल्ट्री व्यवसायमा आम्दानी राम्रो हुने भएपछि मासु, अण्डा उत्पादन, कुखुराका लागि दानासँगै कुखुराका बच्चा उत्पादनका लागि ह्याचरी उद्योगमा लगानी बढ्दै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लामा ह्याचरी, कुखुरा फर्म र सप्लायर्स गरी ७ सय बढी फर्म तथा उद्योगहरू रहेका छन् । जिल्लामा ब्रोइलर चल्लाका बच्चा उत्पादनका लागि १७ वटा ह्याचरी उद्योग, मासुका लागि करिब साढे ४ सय फर्म, करिब एक सय दाना सप्लायर्स र अण्डाका लागि करिब १ ...

मासु व्यवसायमा महिला सक्रिय

झापा बिर्तामोड–३ की सुरमनी राजवंशी मासु व्यवसायी हुन् । उनी श्रीमान्को मृत्युपछि एक वर्षसम्म घरमा नै बसिन् । सुरमनी यतिबेला मासु व्यवसाय गरेर राम्रो आम्दानी गरिरहेकी छन् । उनी दैनिक ४० केजी बढी खसीको मासु बिक्री गर्छिन् ।

मासु बेचेर दैनिक पाँच हजार रुपियाँ आम्दानी

पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नु भएका दोलखाको वैतेश्वर गाउँपालिका –८ क्षत्रपाका शान्तबहादुर जिरेलले सञ्चालन गर्नुभएको मासु पसलबाट दैनिक पाँच हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।