काठमाडाैं : मासु पसलबाट राम्रो आम्दानी नभएपछि मासु पसल बेचेर ट्याक्सी निकाल्ने सोच बनाएका कमरेड वायु आफ्नी पत्नी (कमरेड ऊर्जा) लाई सुनाउँछन्। पतिको कुरा मन नपरेपछि पत्नी भन्छिन्, 'सात वर्षमा सातथरी सोच आइसक्यो उँभो लाग्ने केही गरी होइन। अब टेउसी किनेर शहरका सेउसी बोकेर उँभो लागिएला! खुरुक्क विदेश जान छोडेर..''मैले कति पटक भनिसकेँ म विदेश जान्न भनेर? भोकै मर्न परे पनि यही देशमा मर्छु,' पतिलाई विदेश जाने कुरा चित्त बुझ्दैन। 'अनि छोरीलाई पनि भोकै मार्छौ?'