पढाइको सिलसिलामा सदरमुकाम चरीकोट पसेर व्यवसायमा लाग्नु भएका दोलखाको वैतेश्वर गाउँपालिका –८ क्षत्रपाका शान्तबहादुर जिरेलले सञ्चालन गर्नुभएको मासु पसलबाट दैनिक पाँच हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।
घोराही (दाङ) – दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ। खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो। ०७९/८० मा जिल्लाका नौवटा समुदायिक वनबाट एक लाख सात हजार नौ सय सात केजी खोटो सङ्कलन भएर बिक्री हुँदा रु १२ लाख ९४ हजार सात सय चार आम्दानी […]
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दैनिक निस्किने फोहोरलाई निर्मलीकरण गरेर पुनः प्रयोगमा आउनेलाई बेच्दा मासिक ३५ हजार रुपैया आम्दानी हुने गरेको छ। दैनिक दुई सय ५० किलो फोहोर संकलन हुने भेरीमा फोहोर निर्मलीकरण गर्नका लागि २६ लाख र करिव चार लाखका दुई वटा मेसिन छन् । जीआइजेडले दिएको २६ लाखको निर्मलीकरण मेसिन अटोमेटिक हो। अस्पतालले […]
कञ्चनपुर– दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आएका छन् । गत वर्ष उनले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्दानी गरे । यस वर्ष सोही जग्गामा गरिएको भटमास खेतीबाट घिमिरेले तीन लाख ५० हजार आम्दानी गरेका छन् । थोरै मिहिनेतमा धेरै आम्दानी हुने […]
बागलुङ : बहुआयामिक कृषकको रुपमा परिचय बनाउँदै आएका बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गरेका छन्।२०७३ सालबाट व्यवसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए। अघिल्लो वर्ष ५ हजार अलैँचीका बिरुवा बेचेर २५ हजार आम्दानी गरेका आचार्यले यस वर्ष सुन्तलाका बिरुवा बेचेर ४ लाख २० हजार आम्दानी गरे।उनले यस वर्ष बेच्न मिल्ने गरी १५ हजार सुन्तलाका बिरुवा तयार गरेका थिए। जैमिनी नगरपालिकामा स्थानीय प्रजातिका सुन्तला १५ हजार बि
खोटाङ-हप्ता दिनको अवधिमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ । हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो । यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ० दशमलव ००५ तोला सुन चढाएको हलेसी सूचना केन्द्रका […]
न्युयोर्कको मेट्रो क्षेत्रमा बसोबास गर्ने नेपालीको औषत आम्दानी झण्डै २६ हजार डलर रहेको एसियन अमेरिकन फेडेरेशनको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुशार नेपालीको औषत बार्षिक आम्दानी २५ हजार ८ सय ९६ डलर रहेको छ । नेपालीहरुको बार्षिक औषत आम्दानी चाइनिज र जापानिजको भन्दा बढी रहेको छ । चाइनिजको औषत २१ हजार २ सय ७५ […]
खोटाङ – खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो। हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २०० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९५०, बसाहा […]
पहिलो वर्ष तीन करोड दुई लाख ३२ हजार आम्दानी बिमाबाट भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा १६ करोड ६७ लाख ७३ हजार, २०७६/७७ मा २० करोड ९३ लाख ५७ हजार आम्दानी गरेकोमा कोभिडका कारण गत आर्थिक वर्षमा १२ करोड ७१ लाख ६८ हजार मात्र आम्दानी भएको थियो।...