प्रतिनिधिसभाको महाभियोग सिफारिस समिति र वरिष्ठ अधिवक्ताबीच छलफल सुरु भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा समितिले वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य‚ हरिहर दाहाल‚ शम्भु थापा‚ चण्डेश्वर श्रेष्ठ‚ रमन श्रेष्ठ‚ अधिवक्ताहरू ओमप्रकाश अर्याल र लिलामणि पौडेलसँग छलफल गरिरहेको छ ।