भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूूमिहीनको समस्या अन्त्यका लागि परिणाम निकाल्ने र जनताले महसुुस गर्ने गरी काम गर्नुुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय भूूमि आयोगले शनिबार राजधानीमा आयोजना गरेको भूूमिहीन दलित, भूूमिहीन सुुकुुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सम्बन्धमा राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच कार्य सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमिलाई समुुचित ढङ्गबाट व्यवस्थापन गर्दै आयोगको कार्यविधिअनुसार अगाडि बढ्न आग्रह गर्नुभयो ।