गत बिहीबारमात्रै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका २ कमलशा टोलमा बाघको आक्रमणमा परी २६ वर्षीया हीरादेवी शाहको मृत्यु भयो । बाघको आक्रमणपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले ५ हात्ती र प्राविधिक टोली परिचालन गरेर दुई दिनको प्रयासपछि बाघलाई नियन्त्रणमा लिए ।