काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष चयन गर्ने भएको छ।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गर्ने भएको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए। उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहि