तराई द्रुतमार्ग सडक आयोजनाका लागी सरकारले चाहिए जत्ति बजेट दिन सकेको छैन । चालु आर्थिक वर्षका लागी नेपाली सेनाले सरकारसँग ३० अर्ब बजेट मागेको थियो । तर, २०७८/७९ का लागि सरकारले ८ अर्ब ८४ करोड चार लाख मात्रै निकासा गरेको छ । ९ करोड ६ लाख चालु खर्चतर्फ निकासा गरिएको छ । पुँजीगततर्फ निकासा भएको बजेट चालु आर्थिक वर्षका लागी थोरै हुने नेपाली सेनाका अधिकारीहरू बताउँछन् । ७२ दशमलव ५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जा