नेपाललाई धर्मसापेक्ष राष्ट्र कायम गर्न माग गर्दै अधिवक्ता तुलसीराम पोखरेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । अधिवक्ता पोखरेलले सोमबार पत्रकार सम्मेलन गरी सनातन व्यवस्थाका बारेमा संविधान आफैमा बाझिएको र अस्पष्टता भएकाले स्पष्ट व्याख्या गरी पाऊँ भन्दै सर्वोच्चमा रिट दर्ता गराएको जानकारी दिए ।उनले नेपालको संविधानमा निरपेक्षता र सापेक्षतामा स्पष्ट नभएको र धर्मसापेक्षता लेख्नुपर्ने ठाउँमा धर्मनिरपेक्षता लेखिएको बताए । अधिवक्ता पोखरेलले वैदिक सनातन संस्कृति र निरपेक्षताको बीचमा बाझिएको छ भ