सल्यान : सल्यान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएको विषयमा कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ। स्वास्थ्य सामाग्री खरिदमा व्यापक घोटाला भएको भन्दै उजुरी परे पनि कर्णाली प्रदेश सुर्खेतबाट प्रदेशस्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ।
अक्सिजन प्लान्ट भनी अक्सिजन कन्सन्ट्रेटर जडान भएपछि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीको नेतृत्वमा आएको टोलीले अनुगमन गरेको हो।
अनुगमनपछि पत्रकारहरुसँग कुराकानी गर्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय श...