काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले निकटतम प्रतिद्वन्द्वीसँग दोब्बर मतको अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार महर्जनले १३ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ६ सय ८३ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेका राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले केबल १०८ मत ल्याएका छन् […]