काठमाडौं : नेकपा एमालेका नेता बिष्णु रिजाल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुलेका छन्। पार्टीभित्रको विवादका क्रममा माधव नेपाल समूहमा रहेका नेता रिजाल ओली समूहमा खुलेका हुन्। नेता नेपाल प्रधानमन्त्री भएको बेला रिजाल प्रेस सल्लाहकार थिए। नेकपा एकता हुनुअघि एमाले रहँदा नेता रिजाल प्रचार विभाग सचिव थिए। तर, नेकपा बनेपछि उनी विदेश विभाग उपप्रमुख थिए। नेकपाको विदेश विभाग प्रमुखमा नेता नेपाल स्वयम् थिए। रिजाल ओलीले बोलाएको बालुवाटार बैठकमा सहभागी भएका छन्। जुन बै