पत्रकार कृष्ण आचार्यलाई कुटपिट गरेको आरोपमा उनीहरु प्रहरीको नियन्त्रणमा थिए। असार ३१ गते भरतपुर वितरण केन्द्रका मदिराले मत्त कर्मचारीहरुले पत्रकार कृष्ण आचार्यलाई परिसरभित्रै कुटपिट गरी लखेटेका थिए।...
काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथ मन्दिरको भेटी चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले बुधबार थुनछेक बहस सकिएपछि पाँच जनालाई थुनामा पठाउने र एक जनालाई तीन लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालका अनुसार अदालतले काभ्रे नमोबुद्ध नगरपालिका घर भई पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
काभ्रेपलाञ्चोक जिल्ला अदालतले हुँदै नभएको जग्गा बिक्री गर्ने तथा जग्गा बिक्री गरी ठगी गर्न सघाउने कसुरमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले हुँदै नभएको जग्गा बिक्री गर्न सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न लेखापढी व्यवसायी रविप्रसाद रेग्मी, मालपोत कार्यालयका कर्मचारी सतीश भण्डारी र रामविनय यादवलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग लागेका तीनजना धरौटीमा रिहा भएका छन् । गोल्ड मेडलिस्ट बन्न १४ विषयमा अंक थप्न लगाउने सुरेन्द्रप्रसाद कोइराला, प्रथम श्रेणीमा उत्तीर्ण हुन अंक ...
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरूद्धको कसूर र यातनाविरूद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन्।
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत ...