हुँदै नभएको जग्गा बिक्री गर्ने थुनामा

काभ्रेपलाञ्चोक जिल्ला अदालतले हुँदै नभएको जग्गा बिक्री गर्ने तथा जग्गा बिक्री गरी ठगी गर्न सघाउने कसुरमा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले हुँदै नभएको जग्गा बिक्री गर्न सरकारी छाप तथा दस्तखत किर्ते र ठगी मुद्दामा संलग्न लेखापढी व्यवसायी रविप्रसाद रेग्मी, मालपोत कार्यालयका कर्मचारी सतीश भण्डारी र रामविनय यादवलाई पुर्पक्ष थुनामा राख्ने आदेश दिएको हो ।

सम्बन्धित सामग्री

सार्वजनिक जग्गा खरिद-बिक्री गर्ने ६ जना जेल चलान :: Pahilopost.com

गाईघाटः सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि थुनामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार