प्रेरक भनाइ : तीर्थ जानुभन्दा मन शुद्ध राख्नु बेश

आद्य शङ्कराचार्यले वैदिक सनातन धर्ममा महत्वपूर्ण योगदान दिएका दिए ।  उनको जन्म सन् ७८८ र मृत्यु ८२० मा भएको थियो । उनका मातापिता क्रमशः श्रीमती आर्याम्बा र शिव गुरु थिए, जो दक्षिण भारतीय ब्राह्मण परिवारमा पर्थे । उनको स्वभाव बाल्यकालदेखि नै शान्त, धीर र गम्भीर प्रकृतिको थियो । एकपटक सुनेको कुरा कहिल्यै बिर्सँदैनथे । उनले वैदिक सनातनधर्म संरक्षणका लागि भारतको पूर्व, पश्चिम, उत्तर, दक्षिण चार दिशामा चारवटा मठ स्थापना गरेका थिए, जसलाई क्रमशः गोबर्धन मठ, शारदा मठ, वेदान्त मठ वा श्रृङ्गेरी

सम्बन्धित सामग्री

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सवको तयारी

पोखरा – पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ। घटस्थापनाको दिन सुरु हुने महोत्सव नवमीसम्म चल्नेछ। घट्स्थापनानको दिन नवदुर्गाको शोभा यात्रा गरिने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले बताए। घटस्थापनाको दिन पोखराको सबै साँस्कृति झाँकी अवलोकनको महोल सिर्जना गरेको उनको भनाइ छ। ‘सिंगो पोखराको विविधतालाई अनुभव गर्ने यो अवसर हुनसक्छ। […]

फिल्म ‘कडी’को पोखरामा शुभमुहूर्त

पोखरा – नेत्र गुरुङद्वारा निर्देशित फिल्म ‘कडी’को शुभमुहूर्त गरिएको छ। सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो। नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा सुस्मिता फिल्मस्‌को सहकार्यमा बन्न लागेको ‘कडी’को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले शुभमुहूर्त गरे। श्रेष्ठले पोखरा प्राकृतिक स्टुडिया भएको बताए। सुरुआतदेखि नै पोखरामा फिल्म सुटिङ हुने गरेको उनको भनाइ छ। १० वर्षअघि फिल्म ‘नाइके’ निर्देशन गरेका पोखरेली […]

पशुपतिनाथदेखि पञ्चकोशी यात्रा सुरु

काठमाडौं । पशुपतिनाथदेखि दैलेखको पञ्चकोशीसम्मको यात्रा सुरु गरेको छ ।धार्मिक तथा ऐतिहासिक महत्व रहेको दैलेखस्थित पञ्चकोशी तीर्थ स्थललाई संघीय राजधानीसँग जोड्न यात्रा सुरु गरिएको हो । मनघरी फाउण्डेशनको आयोजना र दैलेखी सेवा समाज काठमाडौं, दुल्लु नगरपालिका, भैरवी गाँउपालिका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य यात्रा तय भएको हो । कार्यक्रममा जनप्रतिनिधका तर्फबाट भनाइ राख्दै […]

प्रेरक भनाइ : बाबुआमाको सेवाभन्दा ठूलो धर्म अर्को हुँदैन

१, बाबुआमाको सेवा र आज्ञा पालनभन्दा ठूलो धर्म अर्को हुँदैन । बरू सकिन्न र भ्याइन्न भने तीर्थ, ब्रत तथा यज्ञअनुष्ठान नगरे पनि हुन्छ तर बाबुआमाको सेवा भने गर्नै पर्छ । किनकि यी बिना ती सब निरर्थक हुन्छन् ।  महर्षि वाल्मीकि२, सानो कुरामा पनि इमान्दार हुन सक्नुपर्छ, सिक्नुपर्छ । अन्यथा ठूलो कुरामा इमान्दार हुनै सकिन्न । किनकि इमान्दारीको जग भनेकै यस्तै कुरा हुन् । मदर टेरेसा३, केही फरक कुरा गर्नु छ भने भीडबाटा टाडा हुनुपर्छ । भीडले साहस त दिन्छ तर आफ्नो परिचय हराउँछ । भीडकै भाषा बोल्न थालिन्छ,

धार्मिक पर्यटनबाट स्थानीय अर्थतन्त्रमा सहयोग

कालिन्चोक गाउँपालिका दोलखा जिल्लाको उत्तरी क्षेत्रमा रहेको छ । स्थानीय तहको नयाँ सीमाङ्कन गर्दा साबिकका ६ वटा गाउँविकास समितिहरू (कालिन्चोक, लापिलाङ, बाबरे, सुनखानी, लामिडाँडा र सुन्द्रावती) वडाका रूपमा कायम भई कालिन्चोक गाउँपालिका स्थापना भएको हो । यो गाउँपालिका भौगोलिक, जातिगत तथा सांस्कृति रूपमा विविधता बोकेको क्षेत्र हो । दोलखाको उत्तरी भागमा बसोबास गर्ने थामी जातिहरूको बाहुल्य रहेको यो क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वको रूपमा प्रसिद्ध छ । धार्मिक आस्थाको केन्द्र कालिन्चोक भगवती यही गाउँपालिका भित्र रहेको छ । सदरमुकाम चरिकोटबाट करिव १७ किलोमिटर उत्तर कालिन्चोक गाउँपालिकामा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाइमा छ । कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमशृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ । कालिन्चोक भगवतीको टाकुराबाट उत्तरतर्फ हिमालहरूको मनोरम दृश्य देखिन्छ । जनश्रुतिअनुसार कालिन्चोक कुण्डको पानी भीमेश्वर मन्दिरको जलकुण्डमा आउँछ । देवदेवीको प्रार्थनाको सम्झनामा रक्षा बन्धनको अघिल्लो दिन हिले जात्रामा बाजागाजासहित कालिन्चोक भगवती मन्दिरमा गई पूजा गरिन्छ । स्थानीय भाषामा यसलाई डापा खलक भनिन्छ । कालिन्चोक भगवती माताबाट दानवलाई बध गर्ने आश्वासन पाएपछि खुसी भई भजनकीर्तन गर्दै दोलखा सहरमा फर्कने चलन छ । माता भगवतीको पूजा गरी आश्वासन पाई फर्केर आउँदा फूलप्रसाद साथै फौजी सहायताको झण्डाको रूपमा केही देवदारुको रूखसमेत ल्याउने चलन छ । ती रूखहरू मुख्यमुख्य टोलमा स्थापना गरी पूजादलले (डापा खलक) दोलखा बजारमा सबै देवीदेवताको मन्दिर परिक्रमा गरी तीनधाराको पूर्वतर्फ यज्ञ गरी फूलप्रसाद बाँड्ने चलन छ । यसै सिलसिलामा कालिन्चोक देवी र दानवको रणस्थल कालिन्चोक टाकुराभन्दा तलको भिरालो मैदान हो भनी पुष्टि गर्न सकिन्छ । परापूर्वकालदेखि कालिन्चोक गाविसअन्तर्गत पर्ने गैरी, कटी, टुटान र थामिदेउराली गाउँहरूलाई खर्कमा राखी सोको आयस्ताबाट घण्टाकर्ण, भीमेश्वर, देवीकोटमा पञ्चोपचार पूजा गरिआएकोमा श्री ५ राजेन्द्र विक्रम शाहबाट दोलखा सहरका पिङ्गल, डोकलुङ्गा, डोक्छे, कोर्छे, बिहार्छे तथा गुर्काेट टोलका गुठियारहरूको नाममा वि.सं. १८८६ मा लालमोर जारी भएको भनाइ छ । यसबाट परापूर्वकालदेखि नै कालिन्चोक क्षेत्रका जग्गा जमिनको आयस्ताबाट कालिन्चोक भगवतीका साथै दोलखाका सहरबजारस्थित देवदेवीका पूजा गर्ने व्यवस्था रहेको पाइन्छ । जनैपूर्णिमा, नयाँ वर्ष, दशैं, चैते दशैंमा भक्तजनको ठूलो भिड लाग्ने गर्दछ । साथै अन्य समयमा पनि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्दछ । यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो । कालिन्चोक भगवती धार्मिक आस्थाको केन्द्रविन्दुको रूपमा रहेको छ । यहाँ भगवतीको दर्शन गरे मनमा चिताएको कुरा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । कालिन्चोक क्षेत्र धार्मिक मात्र नभई पर्यटकीय तथा जैविक विविधताको दृष्टिकोणले पनि महŒवपूर्ण रहेको छ । यस क्षेत्र अन्य क्षेत्रभन्दा बढी हिउँ पर्ने भएकाले सो खेल्न पर्यटकहरूको घुँइचो लाग्ने गर्दछ । धार्मिक सहिष्णुता तथा सांस्कृतिक विविधताको विशिष्ठ पहिचान बोकेको यस कालिन्चोक क्षेत्रमा जातजाति अनुसार चाडपर्व तथा मेलाहरूमा समेत अनेकतामा एकता देख्न सकिन्छ । आदिवासी जनजाति, ब्राम्हण क्षेत्रीहरूको बसोबास यस क्षेत्रभित्र रहेको छ । थामी जातिहरूको बसोबास यस क्षेत्रका विभिन्न स्थानहरूमा पाइन्छ । यहाँ दशैं, तिहार, तीज, रामनवमी, बुद्ध पूर्णिमा, शिवरात्री, माघे संक्रान्ती, कुशे औँशी, ल्होसार आदि मनाउने गरिन्छ । त्यसैगरी माघे संक्रान्तिमा साङ्वा मेला, कार्तिक एकादशीमा लापिलाङ मी पूजा, आदि जस्ता मौलिक संस्कृतिका पर्वहरू मनाइन्छन् । यस गाउँपालिका भित्र बसोबास गर्ने यी विभिन्न जातजाति र संस्कृति अँगाल्ने समुदायले विशेषपर्वको अवसरमा आआफ्नै मौलिक भेषभूषा समेत लगाउने गर्दछन् । तिथी र विशेष पर्वको अवसरमा यहाँ रहेको धार्मिक स्थलहरूमा विभिन्न धार्मिक तथा सांस्कृतिक जमघट समेत हुने गर्दछ । यस कालिन्चोक गाउँपालिक क्षेत्र पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र हो । कालिन्चोक मन्दिर नेपालको उदयमान धार्मिक पर्यटकीय स्थल रूपमा रहेको छ । यसको प्रचारप्रसार र विकासको कारणले यस गाउँपालिकाको आर्थिक स्रोत उपार्जनको लागि ठूलो आधार रहेको छ । यसबाहेक गाउँपालिका क्षेत्रभित्र पहिचान भएका मुख्य पर्यटकीय क्षेत्रहरू कालिन्चोक भगवती देवी मन्दिर, कुरी पर्यटकीय स्थल, साततले गुफा, गुम्बाबेशी मन्दिर, भीमसेन स्थान मन्दिर, पोखरेचौर, कोशीखेत चौर, गुमुखोला दोभान, गुमुखोला दोभान, चौघेरा मन्दिर, श्रोङगेस्वा गुफा, सुन्द्रावती मन्दिर, छागाँ आदि हुन् । केहीसमय यता कुरीबाट केबुलकार सञ्चालन भएदेखि मन्दिर जान सहज भएको छ । साथै कुरी क्षेत्रमा बसोबास र खानपिनको आवश्यक व्यवस्था भएको पाइन्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले नेपाल विशिष्ट मानिन्छ । नेपालमा भएका विभिन्न भौगोलिक क्षेत्र तथा मन्दिरहरू पर्यटनका लागि सम्भावनायुक्त क्षेत्र मानिन्छ । धार्मिक क्षेत्रमा प्राकृतिक सुन्दरता पनि भएकाले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक मानिन्छ । कालिन्चोक पनि यस्तै हो । तर यहाँ बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकलाई लक्षित गरेर नै यहाँ केबल कार बनाइएको छ । यहाँ पर्यटकका होटलहरुको राम्रो व्यवस्था छ भने सडक यातायातबाट सहजै यस क्षेत्रमा पुग्न सकिन्छ । खासगरी हिउँ परेका बेलामा कालिन्चोकमा आन्तरिक पर्यटन थामिनसक्नुको हुन्छ । त्यतिबेला यहाँका होटलहरू अपुग हुने गरेका छन् र आन्तरिक पर्यटकहरूले वास बस्न नपाउने अवस्थासमेत हुन्छ । त्यसैले यस्तो मौसमका लागि पर्यटकको व्यवस्थापन गर्न विशेष ध्यान दिनुपर्ने देखिन्छ । नेपालमा नयाँ पर्यटकीय स्थल, गन्तव्यहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न सकिन्छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गर्न सकिन्छ । कालिन्चोकमा दिगो पर्यटन विकास गर्न सके स्थानीय उत्पादनले समेत बजार पाई गरिबी न्यूनीकरणमा सहयोग मिल्छ । यसबाट कालिन्चोक गाउँपालिका क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन सकिन्छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानून र प्रक्रिया अनुरूप धार्मिक पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु आवश्यक छ । लेखक गुणस्तरीय जीवन विषयमा विद्यावारिधि हुन् ।

घर डुबानमा परेपछि स्थानीयवासीद्वारा गैँडाकोट नगरपालिकामा तालाबन्दी

भदौ १४, नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिदिएका छन् । बुधवार रातिदेखि परेको बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले आइतवार तालाबन्दी गरिदिएका हुन् । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ मा २०० भन्दा बढी घर डुबानमा परेको थियो ।  नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन् ।  गैँडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गरे । अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उनले बताए ।  पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैँडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन् । उनका अनुसार डुबानका कारण  स्थानीयवासीका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ । आफूहरुलाई बर्खे पानीको निकास चाहिएको रे जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताए । पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीयवासी अमिन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार अधिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ । यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उनको गुनासो छ ।  गैँडाकोट–४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाले मात्रै निकास दिन नसक्ने भएकाले सबैको समन्वयमा मात्र काम गर्न सकिने स्पष्ट पारे । नगरप्रमुख छत्रराज पौडेलले सो स्थानमा बर्सेनि समस्या दोहोरिने गरेको र अस्थायी रुपमा भए पनि पानीको निकास गरिने बताए । ‘जेसिभी लगेर नाला निर्माण गरेर अस्थायी रुपमै भए पनि पानीको निकास गर्नेछौँ’, उनले भने, ‘यो ठाउँमा सडक विस्तारको काम भइरहेकाले पनि पानीको उचितरुपमा निकास गर्न सकेका छैनौँ ।’  जेसिभीलगायतका उपकरणको प्रयोग गरी नगरभित्र जमेको पानीलाई नारायणी नदीतर्फ निकास गर्ने काम तुरुन्त शुरु गरिहाल्ने नगर प्रमुखपौडेलले बताए । अस्थायीरुपमै भए पनि जमेको पानी हटाउनतर्फ नगरपालिकाको पहल रहने उनको भनाइ छ । रासस

अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छः पूर्वराष्ट्रपति डा यादव

पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताउनुभएको छ । विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आआफ्नो जिम्मेवारीबोध गरेमा नै देशको भलो हुने उहाँको भनाइ थियो ।  “अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उहाँले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्नुभयो । “सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ”, डा यादवले भन्नुभयो । बीपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको उहाँको भनाइ थियो ।

सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ : पूर्वराष्ट्रपति डा यादव

विसं २०७२ मा स्थापित तेज–तीर्थ ट्रष्टले बिहिबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उहाँको भनाइ थियो ।