राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । उनले ताजा जनादेशका लागि तोकिएको समयमा नै आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन जरुरी भएको स्पष्ट गरिन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित समारोहमा निर्वाचन आयोगले गरेका काम कारबाहीसहितको वार्षिक प्रतिवेदन प्रस्तुत भएपछि राष्ट्रपति भण्डारीले यस्तो विचार व्यक्त गरेकी हुन् । गोरख...