नेकपा (एमाले)ले तोकिएको समयमै राष्ट्रियसभा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभाको निर्वाचन गर्न ढिलाइ गरिरहेको भन्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार र आयोगसँग माग गरिएको सचिव योगेश भट्टराईले जानकारी दिए।