नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि विकासका एजेण्डालाई कडाईका साथ कार्यन्वयन गर्न आफू प्रतिबद्ध रहेको प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताएका छन् । आईसीटी फाउण्डेसन नेपालको आयोजनामा बागमती प्रदेशमा सम्पन्न डिजिटल बागमती सम्वादमा कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले सम्वाद कार्यक्रममा...

सम्बन्धित सामग्री

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे

दमौली– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् ।  गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको […]

काममा हस्तक्षेप नगर्दा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताउनुभएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको समन्वय तथा व्यवस्थापनमा भएको ‘सङ्घीय संरचनामा तहगत सरकारका योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदन प्रणाली विषयक’ दुईदिने गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सङ्घ तथा प्रदेश र स्थानीय तहले बनाउने नीति तथा नियम बाँझिन पुगेमा सङ्घीयता प्राप्त गर्न समस्या उत्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो, “तीनै तहका जनप्रतिनिधिले योजना छनोटमा कसरी लाग्ने भन्ने ध्यान दिन जरुरी छ ।” सोका लागि प्रदेश र स्थानीय तहबीचको तालमेल राम्रो हुनुपर्ने उहाँको भनाइ छ ।