बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राष्ट्रसेवक कर्मचारीले आफूले राज्यले प्रदान गरेको दायित्व निर्वाह गर्न सकेमा मात्र जनताले शासन व्यवस्था परिर्वतन भएको महशुस गर्न सक्ने बताएका छन् । बुधबार निजामती सेवा दिवस २०७९ अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यको व्यवस्थापन गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व निर्वाह हुने राज्यले प्रदान गरेको सेवाहरुलाई जनतामाझ लैजान आह्वान समेत