दमौली– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे । मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको […]