२९ करोड ठगी गरेर सहकारीका अध्यक्ष फरार

पर्वतको कुश्मामा रहेको तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ २९ करोड रुपैयाँ ठगी गरेर एक वर्षदेखि फरार छन् । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न पीडितले ८ महिनादेखि माग गरिरहेका छन् ।

सम्बन्धित सामग्री

ठगी मुद्दाका फरार आरोपी पक्राउ

ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले काठमाडौंको नयाँबजारबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–४ घर भएका जिवन कुमार केसी  छन् । जिवन कुमार केसी र रोजीना शाक्य समेत विरुद्ध उपभोक्ता हित संरक्षण नेपालले १ करोड १९ लाख ८४ हजार ठगी गरेको जाहेरी दर्ता गराएको छ । ४८ वर्षीय जिवन केसीबारे अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारी ठगी कसुरका फरार प्रतिवादी पक्राउ

बागलुङ : वैदेशिक रोजगारी ठगी कसुरमा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी कसुरमा बागलुङ १२ अमला चौरका ४२ वर्षीय प्रकाश शर्मालाई पक्राउ गरेकाे हाे।शर्मालाई वैदेशिक रोजगार न्यायाधीकरणको इजलास काठमाण्डौंबाट २०७७ चैत १७ गते एक वर्ष ५ महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो।फैसला सुनाइएका फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार घरबाटै उनलाई पक्राउ गरेको हाे।पक्राउपछि उनला

ठगी मुद्दाका फरार आरोपी पक्राउ

ठगी गरेको मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका मृत्युन्जय जयसवाल छन् । ४३ वर्षीय जयसवाललाई पक्राउ गरेर थप अनुसन्धान र कानुनी कारवाहीका लागी प्रहरी वृत बानेश्वरमा पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।जयसवाललाई पक्राउ गर्न उच्च अदालत पाटनले अनुमती दिएको छ । सुरज निरौलासहित ८ जनालाई ठगी गरेको बारेमा प्रहरी वृत्त बानेश्वरमा उनीविरुद्ध मुद्दा दर्ता

ठगी मुद्दामा फरार रहेका पंचमान पक्राउ

२१ माघ, काठमाडौं । ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सोही निङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा-समिति संयोजक पंचमान महर्जनलाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी […]

ठगी कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, ४ माघ। ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका-१५ लालीगुराँस टोल वतन भएका ४१ वर्षीय विकाश पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित होटल भ्यू […]

ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ

नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए ।“पक्राउ पुन विभिन्न मितिमा

ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

काभ्रे । ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका–६ का ६८ वर्षीय विदुरराज गिरी रहेका छन्। जिल्ला अदालत काभ्रेपलान्चोकले गुठी ठगी मुद्दामा २०६३ भदौ २५ गते गिरीविरुद्ध तीन वर्ष चार महिना १२ दिन कैद र आठ लाख […]

ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ

सर्लाही । ईश्वरपुरबाट ठगी र वन मुद्दामा फरार तीन अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको टोलीले जिल्ला अदालतबाट झण्डै रु ७१ लाख जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्दाका दुई र वन मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेतबहादुर कार्की र ३४ वर्षीय बलराम […]

ठगी मुद्दाका फरार म्यानपावर सञ्चालक पक्राउ

काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् । नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।  वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पाैडेलले सिंगाप...